मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका र २०८०–०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो ।
११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष बिचको सहमति लगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन संसद्ले दिएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार





