बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी, जोगिएला गठबन्धन?



विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

संक्रमणकालीन न्याय, सत्ता गठबन्धन लगायतका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसिरहेको एक नेताले जानकारी दिए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न सचिवालय बैठक बसिरहेको छ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका थिए।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार