रविविरुद्ध मुद्दा दायर नगर्ने सरकारी वकिलको निर्णय



काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको छ ।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाएको हो।

लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार