साँठगाँठे सिस्टम भयो, के हिसाब गर्नु ? : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताएका छन् । तर नेपालमा साँठगाँठे सिस्टम अभ्यास भररहेको बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘साँठगाँठे सिस्टम भयो । यसमा कसले जित्यो ? कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार