नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो



नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पपुवान्युगिनीले ४७ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो।

उसका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए। भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए। कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाएको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार