काठमाडौं । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।
राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर आज बिहान बस्ने बैठकले निर्णय गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार





