माधव नेपाललाई राष्ट्रपति बन्नुस् भनेको कांग्रेसलाई सोधेर आउँछु भन्नुभो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव राखेको खुलाएका छन्।

शनिबार स्थानीय तह कर्माचारी संघ नेपालको एक दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा ओलीले भने,‘माधव नेपाललाई राष्ट्रपति बन्नु भनेको त, कांग्रेसलाई सोधेर आउँछु भन्नुभयो । हेर उनको बुद्धिरु । गए रामचन्द्र पौडेलकहाँ सोध्न।’

नेकपा एकीकृत समाजवादीको भेट भएको र उक्त वार्तामा भएका संवाद सुनाउँदै ओलीले भने, ‘लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एकजुट भएर जानुपर्छ भनेको त्यो कांग्रेसको रामचन्द्रजीलाई छँदै छ नि भन्नुभो।’

फरक प्रसंगमा ओलीले छिमेकी खुसी पार्न भारतीय आयातीत तरकारीको विषादी जाँच नगरिएको पनि आरोप लगाए। उनले भने, ‘अरूलाई खुशी पार्ने, बाह्य शक्तिलाई खुशी पार्ने आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने, त्यसको हामीले विरोध गर्नु परेन ? यस्ता कमन विषयहरू, यो सबैको भान्सामा विषादीयुक्त चिज पुग्छ।’

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार