हेटौंडा । फागुन १८ गते बिहीबारदेखि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले कान्ति लोकपथमा फागुन १८ गतेदेखि चैत १० गतेसम्म दुवैतर्फबाट सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार





