प्रधानमन्त्रीले गरे गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालयको ‘अफर’, निर्णय लिँदै रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक अहिले बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका नेतालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गरेका छन् । सोही विषयमा निर्णय लिन बैठक बोलाइएको पार्टीका एक नेताले जानकारी दिए ।

गएको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दुई दिनको समयसीमा दिइएको थियो । गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राखिएको थियो । पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए ।

अहिले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार