आज कतारी रियल ३५.५२ ,साउदी अरेबियन रियाल ३४.४७ पुग्यो, अरु देशको कति पुग्यो हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलर एकको खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्रीदर १३० रूपैयाँ १० पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ २६ पैसा र बिक्रीमा १४० रूपैयाँ ९१ पैसा पाइन्छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६० रूपैयाँ ५६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९० रूपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ १३ पैसा र बिक्रीमा ९६ रूपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रूपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ २६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ २२ पैसा र बिक्रीमा ३० रूपैयाँ ३्र६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२३ रूपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रूपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४५ रूपैयाँ १२ पैसा तोकिएको छ।

[dflip id=”24670″ ][/dflip]

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार