प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ । पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा दाबी गरेका हुन् ।

‘नियम अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो । नियमावली मिच्ने कार्य हुनुहुँदैन’ सुवालले अनलाइनखबरसित भने, ‘कानुन बनाउने थलो संसदले नियम मिच्दैन भन्ने विश्वास छ । केही गरी गलत बाटोमा लाग्यो भने विपक्षी दलको नेता माग्दै अदालत जान बाध्य हुन्छौं ।’

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार