दोस्रो अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा चुनिदेवीका मगरले जिते गोल्ड मेडल



काठमाडौं । चुनिदेवी तेक्वाण्डो डोजाङ्गका विद्यार्थी शुसिल थापा मगरले दोस्रो इण्डियन खुला अन्तर्राष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिपमा गोल्ड मेडल जितेका छन् । चुनिदेवी तेक्वाण्डो डोजाङ्गका पमुख प्रशिक्षक शिवहरि बुढाथोकीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा भएको खेलमा थापा मगरले गोल्ड मेडल जितेका हुन् ।

यस्तै, १४ गोल्ड र १ सिल्भर मेडल सहित नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको टिम भारतको नयाँ दिल्लीमा भएको दोस्रो अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा दोस्रो हुन सफल भएको छ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार