नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवासमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रक अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सहभागिता छ ।
बैठकमा एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललगायतका नेताहरूको सहभागिता छ । सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ । सोही कारण सरकार निर्माणको विषयलाई लिएर नेताहरूको दौडधुप बढेको छ ।
प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार





