क्राेएसियासँग पुरानाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनलमा
काठमाडौं– लिओनल मेसीकाे उत्कृष्ट प्रदर्शन तथा जुलियान अल्भारेजकाे २ गाेलकाे सहयाेगले क्राेएसियाविरुद्ध गत विश्वकपकाे पराजयकाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ।
मंगलबार राती सम्पन्न खेलमा ३४ मिनेटमा लिओनल मेसीले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए। बाँकी दुई गाेल अल्भारेजले गर्दा मेसीकाे पास महत्वपूर्ण रह्याे।
अर्जेन्टिनाले ३–० गाेल अन्तरले क्राेएसियालाई पराजित गरेकाे हाे। रुसमा चार वर्षअघि भएकाे विश्वकपमा अर्जेन्टिना ३–० गाेल अन्तरले नै क्राेएसियासँग पराजित भएकाे थियाे।
उनले ३९ मिनेटमा हाफ नजिकैबाट दिएकाे लामाे पासमा अलभारेजले उत्कृष्ट गाेल गरे। क्राेएसियाले सुरुकाे १५ मिनेट आक्रामक खेल प्रस्तुत गरेकाे थियाे। त्यसपछि अर्जेन्टिना खेलमा फर्कियाे।





