क्रोएसियालाई धूलो चटाउने अर्जेन्टिनाको योजना, कम्तीमा ४–० को जित निकाल्ने दाबि
विश्वकप फुटबलमा आज पहिलो सेमिफाइनल खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र क्रोएसियाको खेल हुँदैछ । सो खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खेलको सम्भावित नतिजा र आफूहरूको लक्ष्यबारे बताएका छन् ।
प्रि–म्याच कन्फ्रेन्सम कुरा उनले अर्जेन्टिनाले एक ठूलो लक्ष्यतर्फ अघि बढ्नका लागि क्रोएसियाविरुद्ध कुनै पनि मूल्यमा उत्कृष्ट नतिजाका लागि मेहनत गर्ने बताएका छन् । उनले क्रोएसिया एक मजबुत टिम रहेको बताउँदै आफूहहरूले उनीहरूको अवस्था र खेलको बारेमा प्रशस्तै अध्ययन गरेको पनि दाबी गरेका छन् ।
‘क्रोसियालाई हामीले प्रशस्तै अध्ययन गरेका छौं । उनीहरूको खेल र रणनीतिलाई हामीले ध्यान दिएका छौं । क्रोएसिया एक ठूलो टिम हो, जोसँग शानदार खेलाडीहरू छन् । हामीलाई थाहा छ, यो एक कठिन खेल हुनेछ,’ प्रि–म्याच कन्फ्रेन्समा स्कालोनीले भनेका छन्, ‘हामीले उनीहरूलाई पराजित गर्न धेरै महेनत गर्नुपर्ने छ ।
उनीहरूले क्वार्टरफाइनलमा कुन टिमलाई हराएर आए भन्ने कुरा हामीलाई थाहा छ । उनीहरूसँग सम्भवतः यो विश्वकपकै सर्वोत्कृष्ट गोलकपिर छन् । हाम्रा लागि उनी समस्या बन्न सक्छन् । तर, हामी तयार छौं ।’प्रशिक्षक स्कलोनीले नेदरल्यान्ड्सविरुद्ध आफूहरूले २–० को अग्रता बचाउन नसक्दा धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै क्रोएसियाविरुद्ध सावधान रहनुपर्ने बताए ।
साथै, उनले आफूहरूले क्रोएसियाविरुद्ध कम्तीमा ४–० को जितको लक्ष्य लिएको पनि बताए । ‘नेदरल्यान्ड्सविरुद्ध हामीले २ गोलको अग्रता बचाउन नसरुक्दा धेरै संघर्ष गर्नु परेको थियो । हामीले त्यो कुरा आजको खेलमा याद गर्नुपर्छ,’ स्कालोनीले भने, ‘भोलिको खेलमा हाम्रो लक्ष्य कम्तीमा ४–० को जित हो । हामी क्रोएसियाविरुद्ध गोल खान चाहँदैनौं । र, ४ भन्दा बढी गोल चाहन्छौं ।’
क्रोएसियाविरद्ध खेल्दा कप्तान मेस्सीले विगतका खेलमा झैं टिमलाई मदत गर्ने स्कालोनीले विश्वास लिएका छन् । ‘मेस्सीले सधैं के गर्दै आएका छन् वा यस विश्वकपमा के गरेका छन्, त्यो भनिरहनु पर्दैन । मलाई विश्वास छ, भोलि पनि उनले आफ्नो काम गर्नेछन् । र, टिमलाई जितका लागि मदत गर्नेछन् ।
मेस्सी के चिज हुन्, मलाई राम्रोसँग थाहा छ । उनका साथमा खेल्दा टिम सबैभन्दा बलियो मनोबलमा हुन्छ । उनका साथमा सुरुआत गर्द हामी बल रिलिज गर्नुअघि नै १–० ले अघि हुन्छौं,’ स्कालोनीले भने, ‘क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शनका लािग मेस्सी तयार छन् ।’





