ललितपुर जिल्लाव्यापी प्रथम आमन्त्रित पुम्से प्रतियोगिता सम्पन्न



ललितपुर । ललितपुर जिल्लाव्यापी प्रथम आमन्त्रित तेक्वान्दो जुनियर पुम्से प्रतियोगिता सम्पन्न भएको छ । आज शनिबार चुनिदेवी तेक्वाण्डो डोजाङ्गको आयोजनामा सैंबुस्थित आदर्श सौल युवक माविमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा ललितपुर,भक्तपुर, काठमाडौं र चितवनका विभिन्न क्लबका करिब ४०० जना खेलाडी सहभागी भएको चुनिदेवी तेक्वाण्डो डोजाङ्गका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिवहरी बुढाथोकीले जानकारी दिए ।

स्वाथ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताले खेलाडीहरुमा आत्मविश्वास र सहकार्यको भावना बढेको प्रशिक्षक बुढाथोकीको तर्क छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार