काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएका छन् ।
नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाइँलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटाले जित हासिल गरेका हुन्। बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी हुमागाइँले ३९ हजार ४ सय ८२ मत प्राप्त गरे।
बास्कोटा २०७४ को निर्वाचनमा यहि क्षेत्रबाट नेपाली कांग्रेसका मधु आचार्यलाई १८ हजार ७ सय ५३ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार





