मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहले अग्रता बढाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राप्रपाका सिंहले २५ हजार ६५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेकी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २४ हजार ३३० मत पाएकी छिन् । सिंह र डिनाबीचको मतान्तर ७३५ छ ।
एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २३ हजार ७१४ मत पाएका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार





