चितवन-२ बाट ३४,१६२ मतान्तरले रवि लामिछाने विजयी



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । रवि लामिछानेले ४९,२६१ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५,०९९ मत पाए । लामिछाने र श्रेष्ठबीच ३४,१६२ मतान्तर छ ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेल १४,६४९ मत पाएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार