चितवन २ मा रवि लामिछानेको फराकिलो अग्रता, कति पाए मत ?



चितवन २ मा रवि लामिछानेको फराकिलो अग्रता, कति पाए मत ?

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका छन् । लामिछानेले ३९ हजार २१६ मत पाउँदा नेपाली

कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार