नवलपुरमा पनि जोडले बज्न सुरु गर्यो घण्टी ! एमाले पुग्यो तेस्रोमा



नवलपुरमा पनि जोडले बज्न सुरु गर्यो घण्टी एमाले पुग्यो तेस्रोमा

राजु सुवेदी मंसिर ७ / नवलपुर निर्वाचन क्षेत्र नं १ मा घण्टीले आफ्नो मत बढाउदै लगेको छ । पछिल्लो नतिजा अनुसार घण्टी दोस्रोमा रहेको छ भने कांग्रेस केही मतले अग्रस्थानमा रहेको छ नेकपा एमाले तेस्रो स्थानमा झरेको छ ।

सुरुवात देखीनै नेपाली कांग्रेसका पुर्व महामन्त्री शशांक कोईरलाले लिड गरिरहेक यस निर्वाचन क्षेत्रमा बिहान ६ बजे सम्मको मतपरिणाम अनुसार शशांक कोईरालाले १२ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले १० हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा पुगेका नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल ले ९ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।

अहिले सम्म गनेका मतपेटीकाहरु ग्रामिण भेगका भएकाले घण्टीको मत कम आएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले बताए । अब गन्ने सबै वडाका मतपेटीकामा आफुहरुले दोब्बर बढि मतले लिड गर्ने उनको दाबी छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार