रवि लामिछाने दुई हजार मतले अगाडि



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो अग्रता कायम राखेका छन्।

सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन्। त्यसपछि उनी पछि परेका छैनन्।

यहाँ अहिलेसम्म १७ हजार १ सय ८२ मत गनिएको छ। त्यसमध्ये लामिछानेले ६८३३ मत ल्याएका छन्। उनको तुलनामा नेकपा एमालेका कृष्णभक्त पोखरेल झन्डै दुई हजार मतले पछाडि छन्। पोखरेलले ४८३७ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४४२१ मत ल्याएर तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार