ललितपुरमा खस्यो ६५ प्रतिशत मत, क्षेत्र नम्बर ३ को मत गणना आजै गर्ने तयारी



काठमाडौं । ललितपुरमा ६५ प्रतिशतले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार कुल मतदातामध्ये ६५ प्रतिशतले मतदान गरेका हुन् ।

हाल ललितपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको छ । अन्य क्षेत्रको मतपेटिका संकलनमा समय लागे पनि क्षेत्र नम्बर ३ को भने आजै मत गणना गर्ने तयारी गरिएको बताए ।

“ललितपुरमा तीन वटा क्षेत्र छन् । यी मध्ये तीन नम्बर क्षेत्रको मतपेटिका संकलन सकिन लागेको छ । यस क्षेत्रको सर्वदलीय बैठक आजै राखेर सहमति अनुसार रातिबाट मत गणना गर्ने तयारी गरेका छौँ,” उनले भने ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार