काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसालले चुनाव चिह्न ‘त्रिभुज’ प्राप्त गरेका छन् ।
बुधबार निर्वाचन अधिकृतको कार्यालयले भुसाललाई चुनाव चिह्न त्रिभुज दिएको हो। आफूले पाएको चुनाव चिन्ह त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी भुसालले व्याख्या गरेका छन् ।
भुसाललाई पाँच दलीय गठबन्धनबाट समर्थन रहेको छ । एमालेबाट टिकट पाउने सतप्रतिशत दाबी रहे पनि अध्यक्ष केपी शर्मा ओलीले उनको टिकट खोसेर अर्कैलाई दिएका थिए ।
प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार





