कल्पित सुबेदी,१६ असोज/ कावासोती १० मगरकोटमा टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
बिहानी युवा कल्बको आयोजना तथा कावासोती नगरपालिका वडा न १० को सह आयोजनामा जनता माध्यमिक बिद्यालय मगरकोटको प्राङ्गणमा आज बाट सुरु भएको प्रतियोगितामा ८ समूह सहभागी भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई खसी उपहार राखिएको छ भने द्वितीय हुनेलाइ दुई वटा हास राखिएको क्लबका अध्यक्ष केशब सुनुवारले जानकारी दिनुभयो ।
प्रतियोगिताको लागि कावासोती वडा न १० बाट ४० हजार , नवलपुर कृषि फार्म बाट ७ हजार, टेक माइन्ड्स नेटवर्क बाट एक सेट जर्सी उपलब्ध गराइएको छ ।
प्रतियोगिता १८ गते सम्म चल्ने छ भने समापनको दिन महिला घैटो फुटाइ कार्यक्रम राखिएको क्लब ले जनाएको छ । महिला घैटो फुटाइ कार्यक्रम मा जित्नेलाइ भाले हास उपहार राखिएको जनाइएको छ ।













प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार





