यी हुन सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर..(विवरण सहित)
काठमाडौँ । गत भदौ महिनामा ७०६ म्यानपावर कम्पनीले ५० हजार ५० जना युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । हाडजोर्नी दुख्छ भने यो सामग्री डिलिट हुनु अघि नै पढीहाल्नुहोस्!
वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले बिभिन्न १८ देशको लागि श्रम स्वीकृति लिएको पाइएको छ । बिभागको विवरण अनुसार भदौमा सबैभन्दा बढी मलेसिया रोजगारमा गएको पाइएको छ । मलेसियाको लागि मात्र ३३ हजार तीन जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।
बिभागद्वारा सार्वजनिक भदौ महिनाभरको विवरण अनुसार सबैभन्दा बढी कामदार पठाउने म्यानपावरमा वाइड स्पेस इन्टरनेशनल रहेको छ ।यो म्यानपावरले महिनाभर ७६० पुरुष र १५ जना महिलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ ।
त्यस्तै दोश्रो नम्वरमा द रिभर ओभरसिज प्रालिले ६८८ पुरुष र एक जना महिला कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ ।
थप विवरण तालिकामा हेर्नुहोस् ।






