सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुटबन्दी धेरै भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टीमा गुटबन्दी धेरै भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा एउटै विचार समूह रहेको र नेतृत्वमा पनि कसैको विमती नरहेको भन्दै गुटहरु बनेको प्रति असन्तुष्टि जनाए । यो गुटभन्दा पनि स्वार्थ समूह भएको र पदका लागि गठजोड भएको भन्दै उनले भने, ‘कार्यकर्ता लेभलमा छैन, नेताहरुमा छ । नेताहरुको बोली प्रस्तुत हेर्नुभयो भने बुझिहाल्नुहुन्छ ।’
बोलीमा प्रचण्ड नै हाम्रो नेता हो भन्ने गरेको तथर व्यवहारमा चाहिँ प्रचण्डभन्दा त म ठूलो हो भने जस्तो गर्ने गरेको उनले बताए । ‘नेताहरुको बीचमा बोलचाल छैन । कार्यकर्ता विभाजित छन् । आफ्नो गुटमा नलागेको छ भने त्यसलाई हराउनुलाई बहादुरी ठान्छन्’, प्रचण्डले भने, ‘ यही गुटबन्दी, स्वार्थ समूह, व्यक्तिवादलाई रोक्नु चुनौती छ ।’
पार्टीको गुटबन्दी देखेर बेलाबला आफू समेत हैरान हुने गरेको प्रचण्डले सुनाए । यस्तो स्वार्थ समूह भएको पार्टी चलाइराख्नुभन्दा माक्र्सले इन्टरनेशनल विघटन गरे जस्तो गरौं कि भन्ने लाग्ने गरेको प्रचण्डले सुनाएका थिए ।





