बालेन फेरी एक्सनमा उत्रिए ! काठमाडौं मलको अनधिकृत संरचनामा चल्यो डोजर
८ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।
बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।
काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।
जसले भूमिगत पार्किङमा समस्या थपेको छ ।
प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार





