प्रचण्डद्वारा हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन (तस्बिरसहित)



प्रचण्डद्वारा हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन (तस्बिरसहित)

काठमाण्डाै – जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान जानुभएको हो ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्कनुहुनेछ ।

तस्बिर:

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार