हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा विजयी भएकी छन्। केही बेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम् प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा विजयी भएकी हुन्। उनी निवर्तमान उपप्रमुख हुन्।

मीना लामाले २३ हजार ६७ मत पाइन्। उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्। उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भए। एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

हेटौँडा उपमहानगरमा गठबन्धन बनेको थियो। लामाको जीतसँगै एकीकृत समाजवादीले पाएको एउटा उपमहानगर जितेको छ।हेटौँडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४७३ मतदाता छन्। जसमध्ये ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र ३ अन्य मतदाता रहेका छन्।

हेटौँडाको प्रमुखका लागि नेकपा एमाले अनन्तप्रसाद पौडेल, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले सञ्जिव खराललाई उम्मेदवार बनाएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० बाट रमेशमान सिंह र नेकपा मालेबाट केशव घर्ती पनि उपमहानगरको प्रमुखको प्रतिस्पर्धामा थिए।

उपप्रमुखमा एमालेबाट सुमित्रा काफ्ले, लोसपाबाट नानीमैयाँ श्रेष्ठ, राप्रपाबाट इन्दिरा न्यौपाने र मालेबाट अम्बिका लामिछानेले प्रतिस्पर्धा गरेका थिए। हेटौंडामा नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै एकीकृत समाजवादीकी नेतृ लामा प्रमुख बन्न सफल भएकी हुन्।

मीना लामाले २३ हजार ६७ मत पाइन्। उनका प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाउँदा राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार ३१ मत प्राप्त गरे। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्। उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत ल्याएर निर्वाचित भए। एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन्। राप्रपा उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले ५ हजार ८ सय ८७ मत प्राप्त गरिन्।

को हुन् मीना ?
२०४६ सालदेखि राजनीतिमा लागेकी उनी २०५२ मा अनेरास्ववियूको मकवानपुर जिल्ला कोषाध्यक्ष बनिन्। २०७१ मा एमाले पार्टीको मकवानपुर उपसचिव बनेकी उनी एकवर्ष पछि नेपाल नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य बनिन्।

नेकपा मकवानपुरको उपसचिव भएकी उनी सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै थिइन्। २०७९ साउन ९ गते एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेकी उनी मकवानपुर उपाध्यक्ष छिन् ।

२०७४ मा एमालेका तर्फबाट हेटौंडाको उपप्रमुख रहेकी उनले समाजशास्त्रमा एमएका साथै कानुनमा एलएलबी गरेकी छन्।विसं। ०३३ पुस २७ गते हेटौँडामा जन्मिएकी मीना बालबालिकाको क्षेत्रमा काम गर्दै गर्दा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमहानगरको उपप्रमुख बनेकी थिइन् ।

३० वर्षको विजयी यात्रामा लाग्यो ‘ब्रेक’
एमालेले ०४९ देखि ०७४ सम्म हेटौंडाको स्थानीय निर्वाचन हारेको थिएन। २०४९ र २०५४ को स्थानीय निकाय अन्तर्गत तत्कालीन हेटौंडा नगरपालिका मेयर जितेर उसले ३० वर्ष चलायो । यो अवधिमा हेटौँडा बजारको स्वरुप फेरियो। एमालेले त्यसबेला गरेको विकासको प्रभाव २० वर्षपछि अर्थात् २०७४ मा पनि देखिएको थियो। कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेका हरिबहादुर महत त्यसबेला २३ हजार १२४ मत ल्याएर हेटौडा उपमहानगर प्रमुख जित्न सफल बनेका थिए।

तर, ३० वैशाख २०७९ मा भएको निर्वाचनमा एमालेको ३० वर्षदेखिको गढ भत्किएको छ। एमालेको निरन्तरको जीतलाई ब्रेक लगाउन सफल भइन् निवर्तमान उपप्रमुख तथा एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीकी मकवानपुर उपाध्यक्ष मीना।

एमालेका ‘हेबिवेट’विरुद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा०ले गठबन्धन बनाएका थिए। उनै गठबन्धनकी साझा उम्मेदवार मीनाले एमालेका पुराना नेता अनन्त पौडेललाई हराएर नेतृत्व लिन सफल बनिन्।

मीनासँग पराजित पौडेल सांगठनिक कुशलता भएका नेता मात्र थिएनन्, २०७० को संविधानसभा सदस्य पनि थिए। हेटौँडामा थपिएका २० हजार ८ सय ७८ नयाँ मतदातालाई पनि विश्वासमा लिन मीना सफल भएको उनले पाएको मत संख्याले देखाउँछ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार