चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
हालसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन् । उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६०९० मत पाएका छन्। यस्तै उपिमेयरतर्फ गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले १७ हजार ९६ मतसहित अग्रता बढाउँदै लगेका छन् ।
उनलाई राप्रपाका हिमला गुरूङले ले ९५०१ मत ल्याएर पछ्याइरहेकी छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार





