भरतपुर महानगर : रेणु दाहाल विजय सुवेदीभन्दा २८२ मतले अगाडि



भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार उनले ७१५६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ६८७४ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३४७५ मत पाएका छन् ।

उपप्रमुखतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी ८६७८ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी राप्रपाका हिमला गुरुङले ५६७२ मत पाएकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार