‘ओली नआउने हो भने हामी बालकोट जान्छौँ’ : प्रचण्ड



काठमाडौं । संसद्मा लगातार अवरोध गर्दै आएको प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट ‘जाऔँ’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

शनिबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वदलीय बैठकमा समेत नआएका ओलीलाई भेट्न उनकै निवास बालकोट जान प्रधानमन्त्री देउवासमक्ष राखेको बताएका हुन् । उनले सम्पादकहरुसँग भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’

तर, सभापति देउवाले भने कांग्रेसको १४ औँ महाधिवेशन सकिएपछि जाने भनेर भनेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् । साथै, कांग्रेसको महाविधेशन सकिएको र अध्यक्ष ओली भेट गर्न नमाने आफूहरु नै जाने पनि अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्‍यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार