काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका छन् । एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको ओलीको भनाई छ । बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको बताए । उनले कांग्रेसलाई सही बाटोमा हिँड्न सम्झाउने पनि बताए ।
ओलीले एमाले र कांग्रेसबाहेक अरु पार्टीको औचित्य नरहेको र उनीहरु पृथ्वीको वरिपरि घुम्ने स्याटेलाइनजस्तै रहेको बताए । अहिले केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको भन्दै प्रचण्ड माधव पक्षमाथि व्यंग्य पनि गरे ।
प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार





