एमालेले मलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गर्न लागेकाे हाे : प्रचण्ड



काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई सिध्याउन पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्न लागेको बताएका छन् । शनिबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि जनताको अगाडि त्यसले कुनै असर नपर्ने अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘उनीहरु (एमाले) मलाई माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन् । तर, जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’ अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन अहंकारले गर्न लागिएको पनि आरोप लगाए । आगामी चुनावमा माओवादी केन्द्र मधेशमा पहिलो पार्टी भएर उदाउने पनि दाबी गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार