अब संघीयता नै खारेज हुदैछ, प्रचण्डले नै गरे यस्तो खुलासा !



काठमाडौं । संघीयता नै खारेज हुने संकेत देखिएको छ । संघीयता खारेज गर्नका लागि षडयन्त्र भएको खुलासा भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।

काठमाडौंमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी साबित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका हुन् ।

प्रचण्डले जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजिएको बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ । प्रचण्डले जातीय विभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसँग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको उनको तर्क छ ।कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार