अब कम्पनि परिवर्तन गरेका पनि कमिटेडको रुपमा पुनः कोरिया जान पाउने



काठमाडौं । दक्षिण कोरिया सरकारले बिदेशी श्रमिकको लागि यहिँ अक्टोबर १४ तारिखबाट लागु हुने गरी नयाँ नियम ल्याएको छ । उक्त नियम अनुसार श्रमीकहरुले कार्यस्थल परिवर्तन गरेतापनि कम्पनी मालिकले चाहेमा पुनः प्रतिबद्ध (कमिटेड) कामदारको रुपमा कोरिया जान पाउने भएका छन् । यसभन्दा पहिला ४ बर्ष १० महिनाको कार्यकाल एउटै कम्पनीमा बिताएका कामदार पुनः कोरिया जान पाउने नियम रहेको थियो ।

पहिला जति वटा कार्यस्थल परिवर्तन गरेतापनि प्रतिबद्ध कामदारको रुपमा आउन कम्तिमा पनि अन्तिमको एक बर्ष एउटै कम्पनीमा काम गरेको हुनुपर्ने छ ।यदि अन्तिमको एक बर्ष एउटै कम्पनीमा काम गरेको नभएतापनि पहिलो कम्पनीको कारणले कार्यस्थल परिवर्तन गरेका खण्डमा भने पुनः आउन मिल्ने नियममा उल्लेख छ ।

कम्पनि परिवर्तन गरेपनि पुनः कोरिया प्रवेश गर्न पाउने नियम गत अप्रिलमा नै लागु भएपनि त्यतिबेला एउटै प्रकृतिको कम्पनीमा परिवर्तन गरेका मात्र कमिटेड आउन पाउने भनिएकोमा अहिले परिमार्जन गरिएको नियममा भने फरक प्रकृतिको कम्पनी मा भिषा लगाएको कामदार समेत दक्षिण कोरियामा पुनस् प्रवेश पाउने भएका छन ।

कोरियाका श्रमीक युनियनहरु एमटियु, केसिटियुले उक्त नियम लागु हुने पर्ने माग राख्दै निरन्तर सरकारलाई दवाव दिदै आएका थिए ।यो नियमले दक्षिण कोरियामा कार्यरत लाखौ ईपिएस श्रमीकहरु लाभान्वित हुने भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार