काठमाडौं । बुधबार दिउसो ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारको प्रश्नको जवाफ दिँदै भनेका थिए, ‘म पुर्पुरोमा हात लगाएर बस्ने व्यक्ति होइन ।’ उनी सबै कुराको ज्ञाता छन् भनेर पनि आरोप लाग्ने गर्छ । उनी जुसुकै विषयको प्रवचन दिनमात्र होइन् नाच्न पनि सिपालु छन भन्ने कुरा बुधबार राति नै सार्वजनिक भएको छ ।
माधवकुमार नेपालले नयाँ पार्टीलाई जन्म दिएकै दिन ओली पत्नी राधिका शाक्यको पनि जन्मदिन परेको थियो । विरोधीहरुसामु कहिलै आफ्नो भावलाई परिवर्तन नगर्ने ओली औपचारिक रुपमा पार्टी फुटेकै दिन छमछमी नाचेका छन् ।
आफैंले रचना गरेको गीत म त भाग्यमानीमा उनले कम्मर मर्काएका छन्। सार्वजनिक भएको भिडियोमा उनी ह्याप्पी मुद्रामा मन लगाएर नै नोचेको देखिन्छ ।राजनीतिबाहिर व्यक्तिगत जीवनमा ठट्यौलो र रसिक रहेका उनी पार्टीका कार्यकर्ताहरुमाझ यस्तै अवतारमा पेश भए । बालकोटस्थित उनकै निवासमा पत्नी राधिकालाई जन्मदिनको शुभकामना दिन पुगेका युवा, विद्यार्थी नेता तथा पार्टीका कार्यकर्ताका माझ उनी रसिक रुपमा प्रस्तुत भएका हुन् ।
@stm049 आज आमा को जन्म दिन मा बुबा ले पनी dance गर्नु भयो kp oli बुबा को dance hernus ल ☺️☺️☺️☺️





