प्रधानमन्त्री ओलीलाई झाँक्रीको चेतावनी- ‘हामी ढुवाएरै छोड्छौँ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार र जिद्धी छोड्न चेतावनी दिनुभएको छ । बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अंहकार, दम्भ र जिद्धीपना नछोडे ढुवाएरै छोड्ने चेतावनी दिनुभएको छ ।

उहाँले आफु सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सुझाव पनि दिनुभएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’

उहाँले हिन्दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नुभएकाे छ, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’ प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्रले बुधबार मात्रै औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । पार्टीको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच असमझदारी कायमै छ ।

हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने…

Posted by Ramkumari Jhakri on Wednesday, May 5, 2021

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार