
दक्षिण कोरियाको अर्थतन्त्रमा सोचेभन्दा राम्रो सुधार देखा परेको छ। चालु बर्षको पहिलो ३ महिनामा कोरियाको निर्यातमा सुधार आएसँगै यहाँको अर्थतन्त्र को’रोना म’हामा’रीभन्दा पहिलो स्थितिमा पुग्न लागेको छ। बैंक अफ कोरियाले मंगलबार निकालेको डाटाका आधारमा कोरियाली अर्थतन्त्रले सुधारको बाटो समातेको देख्न सकिन्छ।
गत बर्षको पहिलो ३ महिनाको तुलनामा यस बर्षको मार्च ३१ सम्ममा कोरियाको कुल आन्तरिक उत्पादन १.८ प्रतिशतले बढेको छ। त्रैमासिक हिसाबमा कोरियाको अर्थतन्त्र १.६ प्रतिशतले बढेको हो। कोरिया एशिया महादेशकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकको चौथो स्थानमा पर्दछ।
कोरियाली अर्थतन्त्रको बार्षिक बृध्दिदर बजारमा अनुमान गरिएभन्दा बढि रहेको पाइएको छ। केहि समय अघि कोरियाको न्युज एजेन्सी योनहाप न्युजले गरेको सर्वेक्षणमा कोरियाको अर्थतन्त्र गत बर्षको तुलनामा १.२३ प्रतिशतले बढ्ने आँकलन गरिएको थियो। पहिलो त्रैमासमा कोरियामा बस्तु तथा सेवाको खपत बढेपछि यसले समग्र अर्थतन्त्र बढ्नमा मद्दत पुर्याएको बैंक अफ कोरियाले बताएको छ।
यस बर्षको पहिलो ३ महिनामा कोरियाको निर्यातले अहिलेसम्मकै स’बैभन्दा बढि निर्यातको रेकर्ड बनाएको थियो। कोरिया भन्सार विभागले दिएको जानकारी अनुसार चिप्स र अटोमोबाइलका सामानको निर्यात बढेसँगै कोरियाको समग्र निर्यात चुलिएको थियो। पहिलो त्रैमासमा कोरियाको कुल निर्यात १४६.५ बिलियन डलर रहेको थियो। यो गत बर्षको यसै समय अवधिभन्दा १२.५ प्रतिशतले बढि हो भने कुनै पनि त्रैमासमा भएको निर्यातमा सबैभन्दा बढि रहेको थियो।
गत बर्षको पहिलो त्रैमासमा कोरियाको अर्थतन्त्र १.३ प्रतिशतले खु’म्चिन पुगेको थियो भने दोश्रो त्रैमासमा ३.२ प्रतिशतले खु’म्चिएको थियो। तर तेश्रो त्रैमासमा पुग्दा अर्थतन्त्र २.१ प्रतिशतले बढ्न पुग्यो भने चौथो त्रैमासमा १.२ प्रतिशतको बृध्दि हासिल गर्न सफल भयो। बैंक अफ कोरियाले यो बर्ष अर्थतन्त्रमा ३ प्रतिशतको बृध्दि हुने प्रक्षेपण गरेको छ। अन्तराष्ट्रिय मुद्रा कोषले यस बर्ष कोरियाको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।