
काठमाण्डौं | त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तीन र चार वर्षे पहिलो वर्षको मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा शास्त्र संकायको परीक्षा आवेदन फाराम जारी गरेको छ ।
त्रिविले तीन वर्षे स्नातक तहको समयसीमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरुको हकमा समेत परीक्षा आवेदन खुला गरेको छ ।विद्यार्थीहरुले परीक्षा आवेदन फाराम बैशाख ३० गतेसम्म बुझाईसक्नुपर्ने छ । थप जानकारीका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट www.tuexam.edu.np मा गई हेर्न सकिन्छ ।
प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार