त्रिवि द्धारा परीक्षा आवेदन फारम बुझाउने समय थप



काठमाडौं | त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कायलय द्धारा लिइने वार्षिक परीक्षा प्रणालि अन्तर्गत स्नातक तह द्धितीय वर्षका परीक्षार्थीहरुको परीक्षा आवेदन फारम बुझाउने समय थप गरेको छ ।

परीक्षार्थीहरुको परीक्षा आवेदन फारम अनलाइनबाट भराउने कार्य क्याम्पसबाटै गरिएकोमा केहि क्याम्पसहरुबाट फारम इन्ट्री गर्न समस्या देखिएको कारण सबै फारम इन्ट्री गर्न नसकिएकोले फारम बुझाउने समय त्रिविले थप गरेको हो ।

साथै २०७७ चैत २५ भित्र शुल्क बुझाएका सबै परीक्षार्थीहरुको परीक्षा फारम इन्ट्री २०७७ चैत २६ गते सम्म परीक्षा नियन्त्रण कार्यलयमा बुझाउन भनिएको छ । उक्त समय पश्चात कुनै फारम नबुझिने पनि त्रिवि परीक्षा नियन्त्रण कार्यलयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार