कोरियामा रोजगार स्थल परिबर्तन गर्न सहज हुदै , व्यवस्थित आवास नभए सजिलै परिबर्तन गर्न पाउने



दक्षिण कोरियामा रोजगारदाताले ब्याबस्थित आवास दिन नसके प्रवासी श्रमिकले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने भएका छन lश्रम तथा रोजगार मन्त्रालयले मंगलवार बताए अनुसार यदि रोजगारदाताहरूले फिनिल ग्रीनहाउसहरूमा बनाइएको अस्थायी बासस्थान जस्ता निम्न स्तरको आवास प्रदान गरे भने आप्रवासी कामदारहरूले आफूखुसी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने छन ।

यो बाहेक मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा काम गरिरहेका विदेशी नागरिकहरूको जीवनस्तरमा सुधार गर्न अन्य खाकाहरुपनि तयार गरेको बताएको छ l
कोरियामा गत डिसेम्बरमा अत्यन्तै न्यूनस्तरको आवासका कारण एकजना कम्बोडियन श्रमिकको मृत्यु भएपछी श्रमिक संगठनहरुले इपिएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई ब्यापक दवाब दिदै आएका थिए l

मन्त्रालयले भनेकोछ कि “अत्यन्तै न्यून स्तरको आवासलाइ कामदारहरूले आफ्नो कार्यस्थल बदल्न अनुमति दिने कारणहरूको सूचीमा समावेश गरिनेछ,साथै अनुपयुक्त आवास प्रदान गर्ने व्यवसायका मालिकलाई विदेशी कामदारहरू राख्न प्रतिबन्ध लगाइनेछ “।

हाल, आप्रवासी कामदारहरूलाई उनीहरूको पहिलो र दोस्रो सम्झौता बीच ५ पटक सम्म कार्यस्थल परिबर्तन गर्न पाउने अधिकार दिइएको छ l तर सामान्यरुपमा परिवर्तन गर्न चाहेमा रोजगारदाताको अनुमति अनिबार्य छ l तर यदि रोजगारदाता द्वारा भौतिक आक्रमण , यौन दुर्ब्याबहार , अमानविय ब्याबहार , तलव भुक्तानीमा ढिलाइ लगाएतका गल्ती प्रमाणित भएमा श्रमिकले आफूखुसी कार्यस्थल परिबर्तन गर्न पाउने कानुन छ l किशन गौतम हेल्लो नेपाल कोरिया

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार