वैशाखमा हुने चुनावमा पूर्व डीआईजी रमेश खरेल पनि सहभागी हुने !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर वैशाखमा तोकेको निर्वाचनको धेरैले विरोध गरिरहेका बेला इमान्दार छविका पूर्व डीआईजी रमेश खरेलले भने समर्थन जनाएका छन् । उनले वैशाखमा हुने चुनावमा आफूले भाग लिने घोषणा गरेका छन् । एपीवान टेलिभिजनमा पत्रकार समा थापासँगको कुराकानीमा खरेलले ९० प्रतिशत नेताहरु अपराधिक र भ्रष्टाचार पृष्ठभूमिबाट आएको भन्दै तिनीहरुलाई पाखा लगाउन आफू चुनाव लड्ने बताए ।

उनले आफ्नो घर काभ्रे भए पनि जुनसुकै ठाउँबाट पनि लड्ने बताए । सबैभन्दा भ्रष्ट टप ५ मध्येको नेतासँग आफूले प्रतिस्पर्धा गर्ने खरेलले जानकारी दिए । पार्टी खोल्न सकेन भने पनि स्वतन्त्र लड्छु । म हेर्छु नेपाली जनता के चाहन्छन् परिवर्तन भएका छन् म मात्रै होइन १६५ क्षेत्रबाटै लड्ने उम्मेदवार हामी बनाउँछौं, उनले भने । खरेलले केपी ओलीको झापा अथवा प्रचण्डको चितवन होस या माधव नेपालको रौतहट लगायत ठूला नेताविरुद्ध लड्ने संकेत गरेका हुन् ।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार