
काठमाडौं । कोरोना भाइरसको महामारी लकडाउन भएको ९ महिनापछि त्रिभुवन विश्वविद्यालयका क्याम्पस खुल्ने भएका छन् । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोनाका कारण रोकिएका पढाइलाई निरन्तरता दिने निर्णय गरेपछि बन्द भएका क्याम्पस खुल्ने भएका हुन् ।
त्रिविका रेक्टर शिवलाल भुसालका अनुसार स्थानीय तहसँग समन्वय गरेर बन्द रहेका क्याम्पस अब खुल्नेछन् । यसअघि त्रिविमा कोरोनाका कारण अनलाईन कक्षा सञ्चालन भएका थिए । तर कोरोनाको जोखिम कायमै रहेपनि शैक्षिक सत्र प्रभावित हुने भएपछि भौतिक रुपमै उपस्थित भएर विद्यार्थीलाई पढ्न खुला गरिएको हो ।
प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार