
काठमाडौं, ७ मंसिर । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो । काठमाडौंमा काली पराजुली आउनुभएको छ, भने भक्तपुरमा प्रेम भट्टराई जानुभएको छ । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै, भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । धनुषामा भट्टराईको ठाउँमा बन्धु बाँस्तोलालाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार