यस वर्ष तिहारमा देउसीभैलो नखेल्न ललितपुर प्रशासनको आग्रह, खेले कारवाही हुने (बिज्ञप्ति)



ललितपुर, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय ललितपुरले चाडपर्व मनाउँदा अनावश्यकरुपमा जमघट नहुन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै ललितपुर प्रशासनले देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको हो । यस्तै, समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी साथै पटका पड्काउने कार्य नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।

कानूनले वर्जित गरेका तथा नगन र नगराउनु भनी निर्देशन दिएका क्रियाकलाप भए\गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने जारी गरेको सूचनामा भनिएको छ । यस्तै, मानिसको आवतजावत र भिडभाडले कोरोना संक्रमणको जोखिम थप बढ्सक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदन्डको अनिवार्यरुपमा पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।

(बिज्ञप्ति)

जिल्ला प्रशासन कार्यालय ललितपुरकाे सूचना

Posted by जिल्ला प्रशासन कार्यालय ललितपुर on Wednesday, November 11, 2020

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार