किशन गौतम /सउल , केहिदीन यता दक्षिण कोरियामा कोभिड-१९ अर्थात कोरोना भाइरसको प्रकोप महामारीको रुपमा फैलिन थालेको छ । फेब्रुरी ९ तारिख भाइरस संक्रमित एक महिला थेगुमा रहेको शिन्छेङ्गी चर्चमा प्राथानाका लागि पुगेपछि त्यहि बाट संक्रमणले महामारीको रुप लिन थालेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ।
शुक्रबार एकैदीन थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछी हाल संक्रमितको संख्या २०४ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । संक्रमित मध्ये १ सय ५३ जना थेगुको दक्षिणी भेकका छन् ।थेगुको शिन्छेङ्गी चर्चमा ति महिला संग सम्पर्कमा आएका १२८ जना संक्रमित भैसकेको पुष्टि भएको छ ।

संक्रमणले महामारीको रुप लिन थालेपछि कोरियाको थेगु शहर सुनसान जस्तै बन्न थालेको छ । मानिसहरु घर बाहिर निस्किन छाडेपछि रेस्टुरेन्ट तथा व्यापारिक केन्द्रहरु सुनसान बन्न थालेका हुन् ।संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले थेगु शहर तथा आसपासका क्षेत्रमा बस्ने २५ लाख मानिसलाई घर भित्रै बस्न कडा निर्देशन जारि गरेको छ ।
Source : हेल्लो नेपाल कोरिया डटकम





