काठमाडौँ फोटोग्राफर संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न



काठमाडौँ । काठमाण्डौ फोटोग्राफर संघले बडा दशैँ, दीपावली, छठ पर्व २०८३ तथा नेपाल संवत् ११४७ प्रारम्भको पावन अवसरमा शुभकामना आदानप्रदान, चियापान तथा संस्थागत विकाससम्बन्धी छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

शनिबार (असोज २४ गते) तीनकुनेस्थित क्वालिटी फुडल्याण्डमा आयोजित उक्त कार्यक्रम संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष ओम बहादुर पाण्डे, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे तथा पूर्व अध्यक्षहरू बालकृष्ण श्रेष्ठ, मोती बहादुर बोगटी र डिगंबर राजवंशीको गरिमामय उपस्थिति रहेको थियो।

यसैगरी, संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, पूर्व एवं निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आजीवन सदस्यहरू, विभिन्न एरियाका एरिया संयोजक तथा सदस्यहरूका साथै विभिन्न फोटो स्टुडियोबाट आएका फोटोग्राफरहरूको उल्लेख्य सहभागिता रहेको संघले जनाएको छ।

समारोहमा उपस्थित सहभागीहरूले एक-आपसमा आगामी चाडपर्वको शुभकामना साटासाट गर्नुका साथै संस्थागत विकास र फोटोग्राफी पेसालाई थप मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउने विषयमा गहन छलफल गरेका थिए। संघका सचिव कालिका प्रसाद रिमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी बासुदेव घिमिरेले निर्वाह गर्नुभएको थियो। साथै, कार्यक्रमको अफिसियल क्यामेराम्यानको रूपमा राजेश थापा रहनुभएको थियो।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार