काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोटेश्वरको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित लोटस पार्टी प्यालेस, महादेवस्थानमा असोज ३ गते शनिबार आयोजित साधारणसभा सांसद सुनील केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सभामा संस्थाका अध्यक्ष टेकबहादुर लिम्बूले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफल गर्दै सभाले अनुमोदन गरेको छ।
त्यस्तै, लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरिएको छ। संस्थाको चारवर्षे रणनीतिक व्यावसायिक योजना पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ को योजना, वार्षिक कार्यक्रम तथा बजेटसमेत स्वीकृत गरिएको छ।
सभाले बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आन्तरिक कार्यविधि पारित तथा संशोधन, शेयर लाभांश कोष वितरण, संरक्षित पुँजी फिर्ता कोष वितरण र कर्मचारी बोनस कोष वितरणसम्बन्धी प्रस्तावमा समेत छलफल गरेको थियो।
त्यसैगरी, भत्ता तथा कर्मचारी पारिश्रमिक, संस्थाको नाममा रहेको गैर–बैंकिङ सम्पत्ति बिक्री गर्ने, बजेट तथा खर्च अनुमोदन गर्ने तथा साधारणसभाका निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयनलगायतका विषयमा पनि निर्णय गरिएको छ।
सभामा सहकारी क्षेत्रको आर्थिक तथा वित्तीय अवस्थाका साथै संस्थाको प्रगति, संस्थागत सुशासन, सदस्यको बचत सुरक्षालगायतका विषयमा समेत छलफल गरिएको थियो। आगामी दिनमा सदस्य केन्द्रित सेवा तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।






